शनिबार, फागुन १२, २०८०

सेनाको जहाज दुर्घटनामा महासेनानी कैलाश गुरुङको निधन

बाजुरा,१६ जेठ ।  बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा नेपाली सेनाको स्काइ ट्रक (जहाज) दुर्घटना हुँदा महासेनानी कैलाश गुरुङको निधन भएको छ।  उनी जहाजका पाइलट थिए ।
बिहान खाद्यान्न बोकेर सुर्खेतबाट हुम्लाका लागि उडेको स्काइ ट्रक  मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गर्न लागेको थियो। बाजुरा प्रहरीका अनुसार विमानस्थलको धावनमार्गबाट  जहाज खेतमा पुगेको थियो। त्यसपछि जहाजको इन्जिनमा आगलागी भएको थियो।
प्रहरीका अनुसार दुर्घटनामा सेनानी अनिता आलेमगर गम्भीर घाइते भएकी छन् भने सुवेदार पूर्णबहादुर खड्का सामान्य घाइते भएका छन्।