चितवन,१६ जेठ । मतपत्र च्यातिएपछि मतगणना रोकिएको भरतपुर महानगरपालिकाको निर्वाचन अनुगमन गर्न गठित टोली भरतपुर पुगेको छ ।
आयोगले गठन गरेको टोली सोमबार दिउँसो भरतपुर आएर प्रमुख निर्वाचन अधिकृत सहितका अन्य पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मतगणनाका गणकहरुसँग मतगणना केन्द्रमा भएको घटनाका विषयमा जानकारी लिएको छ ।
आयोगको बैठकले सहन्यायधिवक्ता गीताप्रसाद तिमल्सिनाको अध्यक्षतामा ३ सदस्यीय अनुगमन टोली गठन गरेको थियो । समितिमा तिमल्सिनासहित गृहमन्त्रालय सहसचिव महेश न्यौपाने र एक प्रहरी नायव महानिरीक्षक छन् । समितिलाई १७ गतेभित्र यर्थाथ अवस्थाको बारेमा प्रतिवेदन दिन भनिएको छ ।
महानगरपालिकाको वडा नः १९ को मतगणना अन्तिम चरणमा पुगेका बेला दलका प्रतिनिधीले मतपत्र च्यातिदिएका थिए । करीव १ सय मत च्यातिएको अनुमान गरिएको छ । च्यातिएका मतपत्रलाई तन्नामा बेरेर मुचुल्का उठाई राखिएको छ ।
घटनाको बिरोधमा एमालेले सोमवार भरतपुरमा बिरोध र्याली निकालेको थियो । मंगलवार बिहान ८ बजेपनि नारायणगढको पूल्चोकबाट बिरोध र्याली निकाल्ने र मतगणना केन्द्रस्थल बाहिर धर्ना दिने जनाएको छ ।
माके र कांग्रेस गठबन्धनले भने निर्वाचन पुन्: गर्न माग गरेको छ ।
आयोगले भने गनुगमन टोलीको प्रतिबेदनपछी आजै सवै पक्षसंग छलफल गरी के गर्ने भन्ने निर्णय गर्ने जनाएको छ ।