बुधबार, असोज १०, २०८०

दिप प्यालेसको १९औं शाखा टोकियोको तामाचिमा

टोकियो । नेपालीले संचालन गरेको दीप वे जापान कम्पनीले दीप प्यालेसको १९औं व्रान्च मितागार्डेन भित्र तामाचि टोकियोमा शुभारम्भ गरेको छ ।
ब्यवसायी सुरु गरेको २० औं वर्षमा तामाचिमा दीप प्यालेसको १९औं व्रान्च मितागार्डेन भित्र तामाचि टोकियोमा बुधबारबाट शुभारम्भ गरेको हो ।
जापानमा सन् २००३ सालमा स्थापना भएको दीपवे जापान कम्पनीले स्थापनाको २० औं वर्षमै १९ वटा शाखा संचालनमा ल्याएको हो ।
दीपवे कम्पनीका प्रमुख दिपक सुबेदीले शाखा सुरू गरेको अवसरमा सम्पूर्ण ग्राहक वर्ग, कर्मचारी र शुभेच्छुकलाई धन्यवाद प्रकट गर्नुभएको छ।
आफु सन् १९९९ मा कुक पेशाको रुपमा जापान प्रवेश गरेको भएपनि निरन्तरको लगन र मेहनतले व्यवसायी स्थापना गरि सफलता प्राप्त गर्न सफल भएको सुवेदीले बताउनुभयो।

कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि गर्दै आएको छ। दिपवे फाउण्डेशन मार्फत विभिन्न आपतकालिन घटनाहरु, नेपालमा आइपर्ने विभिन्न प्रकोप तथा जापानमा नेपालीहरु समस्यामा पर्दा आर्थिक सहयोग गर्दै आइरहेको छ।

जापानभरी यस कम्पनीका १९ वटा शाखाहरु संचालित छन् भने ५०० भन्दा बढी रेष्टुरेण्टमा आवश्यक खाध्य तथा अत्यावश्यक सामाग्री विक्रिवितरण गर्दै आइरहेको छ।
जापानमा नेपालीले संचालित व्यवसाय हरुमध्ये दिपवे जापान कम्पनी स्वच्छ र निरन्तर संचालन भएको ठुलो कम्पनी मध्येमा पर्दछ ।

दीप प्यालेसको १९औं व्रान्च मितागार्डेन भित्र तामाचि टोकियोमा शुभारम्भ गर्नु भएकोमा बधाई तथा ब्यवसायिक सफलताको शुभकामना दिन जापानका अग्रज नेपाली-जापानीहरुलाई निमन्त्रणा गरेर शुभारम्भ गरेको थियो ।
दीपवे कम्पनीमा जापानी, नेपाली, ईडियन, थाई, बंगलादेश, कोरीयन गरी २०० जनाले प्रत्यक्ष रोजगार पाएका छन।