बिहिबार, बैशाख १०, २०८३

नेपाली रेस्लरले जापानमा रचे ईतिहास

जापान । जापानको ओसाकामा नेपाली र जापानी रेस्लर बिच भिडन्तमा नेपाली रेस्लरहरुले ईतिहास रचेका छन ।

पुरुष तर्फ़ हिमालयन टाईगरको नामले चिनीने भरत बहादुर बिसुराल (हिमालयन टाइगर) र जापानी रेस्लर हिरोआकी बीचको भिड़न्त परेको थियो ।
त्यस्तै नेपाली रेस्लर अस्मिता जुरेलीले जापानी रेस्लर योकोतालाई पछारिन् भने यूनिका संग हानाजोनोको भिड़न्त परेको थियो ।
ओसाकामा सेप्टेम्बर ३ तारिख दोतोन्बोरी प्रोरेस्लीङ्गले संयोजन गरेको अन्तर्राष्ट्रीय स्तरको प्रोरेस्लिङ्ग महाभिडन्तमा नेपाली रेस्लर जुरेलीले जापानी रेस्लरलाई पछारिएकी हुन ।

दोतोन्बोरी प्रोरेस्लीङ्गको दशौं वार्षिकोत्सवको अवसर पारेर सो मैत्रिपूर्ण खेल आयोजान गरिएको थियो । नेपालको संस्कृती र पर्यटनलाई संसारभर चिनाउनको निम्ती खेलले टेवा पुर्याउने आशा लिएको नेपाली प्रथम रेसलर भगवती खड़काले बताईन। भिडन्त,नेपालको पहिलो रेस्लर भरत बहादुर बिसुराल (हिमालयन टाइगर)नेपालको पहिलो महिला रेस्लर खेलाडी भगवती खड्का, रेस्लर खेलाडी अस्मिता जुरेली र जापनी खेलाडिहरु कोगेर, सुपर डल्फीन, हारुतोकी योतो किकुची तथा जागौर याकातोसँग भएको आयोजकले जानकरी दिएको छ ।

यो मैत्रिपूर्ण खेल यस भन्दा अघि सन २०१२ मा पनि आयोजना गरिएको थियो ।