बिहिबार, फागुन ०१, २०८१

माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरको मतगणना स्थगित

भरतपुर,१५ जेठ । भरतपुर महानगरपालिकाको मतगणना स्थलमा प्रतिनिधिको रूपमा रहेका माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछी मतगणना स्थगित भएको छ । मतपत्र च्त्याएर तनाव भएपछी अन्तिम अवस्थामा पुगेकाबेला आइतबार राति रोकिएको छ । मतपत्र चयत्ने प्रहरीले दुई माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ । राति पौने १२ बजे दुई माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि स्थिति तनावपूर्ण भएको थियो । मुख्य निर्वाचत अधिकृत कविप्रसाद न्यौपानेले शान्तिपूर्णरुपमा भइरहेको मतगणनास्थललाई दलका प्रतिनिधिले रणभूमि बनाएको संक्षिप्त प्रतिक्रिया दिएका छन् । ‘मतपत्र च्यातेर उनले भने, ‘त्यसपछि मतगणना स्थगित भएको छ ।’ आफू बाथरुम जानेबेलामा एक्कासी होहल्ला भएपछि बाथरुम नपसी फर्कंदा स्थिति तनावपूर्ण देखेको न्यौपानेले बताए एमाले उम्मेदवार देवी ज्ञवालीले शान्तिपूर्ण मतगणना भइरहेकाबेला सत्तारुढ दलका प्रतिनिधिहरुले मतगणना रोकेको भन्दै दु:ख व्यक्त गरे । ‘भावनात्मक र मनोगत लाखका विषय उठाएर मतपत्र च्यात्नेसम्मको काम भयो,’ उनले संवादादताहरुसित राति भने । उनका अनुसार सत्तारुढ कांग्रेस–माओवादी केन्द्रले सुरुको वडादेखि नै पुन: मतगणना हुनुपर्ने, कम्प्युटरमा तथ्यांक व्यवस्थापनमा गढबढी भएकोलगायतका विषय उठाएर गणना भइरहेको मतपत्र च्यातेको बताए ।
वैशाख ३१ गते भएको निर्वाचनको गणना अन्तिम चरणमा पुगेको थियो । २९ वडा रहेको भरतपुरमा १९ वडाको मतगणना अन्तिम चरणमा पुगेको थियो भने २० वडाको बाँकी थियो ।

https://youtu.be/2sJuzFFikOY