सोमबार, चैत ०३, २०८१

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित

काठमाडौं,१४ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन् ।

वैशाख ३१ गते भएको चुनावको दुई सातापछि घोषित परिणामअनुसार कांग्रेसका राजुराज जोशीलाई १९ हजारभन्दा बढी मतले हराउँदै शाक्य निर्वाचित भएका हुन् । उनले ६४ हजार ९ सय १३ मत पाए भने जोशीले ४५ हजार २ सय ६९ मत पाए । काठमाडौंकै लगनटोलमा वि ।सं । २०२० जेठ ९ गते जन्मिएका शाक्य वडा नं २१ मा दुईपटक वडाध्यक्ष भएका थिए । २०४९ सालमा कांग्रेसले मेयर–उपमेयर जित्दा पनि एमालेबाट वडाध्यक्ष जितेका शाक्यले आफ्नो वडाबाट यसपटकको चुनावमा एक्लै ८७ प्रतिशत मत पाएर रेकर्ड बनाएका थिए ।

उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गी निर्वाचित भएकी छन् । एमालेको समर्थनमा उम्मेदवार भएका राप्रपाका राजाराम श्रेष्ठलाई भारी मतले हराउँदै खड्गी निर्वाचित भएकी हुन् ।

मेयरमा प्रतिस्पर्धी विवेकशील नेपाली दलकी रञ्जु दर्शना न्यौपानेले २३ हजार ४ सय ३९ मत र साझा पार्टीका किशोर थापाले १८ हजार ४ सय ९२ मत पाएका थिए ।