टोकियो । गोर्खाली इन्टरटेनमेन्ट एभेन्टले आयोजना गर्न लागेको म्युजिकल हुनर इभेन्टमा ३ सेप्टेम्बरका दिन आफ्नो प्रस्तुति दिन द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता गायक करण राई जापान आईपुगेका छन।
MUSICAL HONOR EVENT को लागि द भ्वोइस अफ नेपाल सिजन ४ फाइनालिस्ट करणलाई स्वागत गर्न आयोजकले हानेदा एयारपोर्टमा पुगी खादा लगाएर स्वागत गरेका थिए ।
एयारपोर्टमा स्वागत पछि आज साझ पत्रकार सम्मेलन स्वागत कार्यक्रम आयोजना गरेको थियो ।
डिनरसहितको स्वागत कार्यक्रममा कार्यक्रम संयोजक सुदन राईले सहयोगी मनहरुलाई धन्यवाद ब्यक्त गरेका छन ।
कार्यक्रम भोली टोकियोमा रहेको बुन्क्यो सिविक सेन्टर हलमा जापानको समय अनुसार साँझ ६:३० बजे सुरु हुने भएकोले उपस्थितिको लागि आयोजकले सबै जापानबासी नेपालीहरुलाइ अनुरोध गरेको छ ।