बुधबार, असोज १०, २०८०

सिटीको ‘सिटी वालेट कार्ड र मोबाइल एप’ सेवा शुभारम्भ

टोकियो । सिटी एक्स्प्रेस मनी ट्रान्सफर जापानले ‘सिटी वालेट कार्ड र मोबाइल एप’ सेवा शुभारम्भ गरेको छ ।
सिटी एक्स्प्रेस जापानले टोकियो कार्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै सेवा शुभारम्भ गरेको हो ।

सिटी वालेट कार्डमा जम्मा गरेको रकम आफूलाई अनुकुल समयमा छिटो र सहज तरिकाले रेमिट्यान्स पठाउन सकिन्छ । वालेटमा पैसा जम्मा गर्नका लागि सिटी वालेट कार्ड, काउण्टर र बैंक ट्रान्सफर (फुरिकोमी) मार्फत गर्न सकिन्छ ।
सेवा सुरु गरेको अवसरमा सिटी एक्स्प्रेसले मोबाइल अप्लिकेसन डाउन्लोड गरेर रजिस्टर पुरा भएमा नयाँ सदस्यले ५ सय पोइन्ट रिवार्ड प्राप्त गर्न सक्ने सिटी एक्स्प्रेस जापानका प्रबन्धक विष्णु न्यौपानेले जानकारी दिए । साथै सदस्य बन्नका लागि नयाँ व्यक्तिलाई सिफारिस गरेमा थप ५ सय पोइन्ट प्राप्त हुने उनले बताए । सिटी एक्स्प्रेसले हरेक पटक पठाउँदा लागेको सेवा शुल्कको १० प्रतिशत पोइन्ट प्राप्त गर्न सकिने क्याम्पेन पनि सुरु गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान विगत १३ वर्ष अघिबाट सञ्चालनमा आएको सञ्चालक महेश कुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा बोल्दै सञ्चालक श्रेष्ठले यस सेवाले जापानबासी नेपालीहरु लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको बताए । रेमिट्यान्स पठाउने माध्यमहरुमा बढी समय र खर्च लाग्ने भएकाले विदेशमा रहेका नेपालीहरुले सहज र सस्तो मूल्यमै तुरन्त नेपालका आफ्ना परिवारजनहरुको बैंककै खाता/वालेटमा आउने गरी पैसा पठाउन मिल्ने सुविधा रहेको बताए ।

प्रविधिको विकास र ग्राहकको सर्बसुलभतालाई ध्यानमा राखी वालेट कार्ड सञ्चालनमा ल्याएको मार्केटिङ प्रमुख पशुपति भण्डारीले बताए । साथै मोबाइल वालेट कार्ड भरपर्दो र विश्वासिलो रहेको कम्पनीले जनाएको छ।

यस्तो छ सिटी एक्स्प्रेस मनी ट्रान्सफर जापानको प्रेस विज्ञप्ति

#सिटी एक्स्प्रेस मनी ट्रान्सफर जापान बिगत १३ बर्ष देखी लगातार ग्राहकको सेवामा समर्पित रहेको सर्बबिदितनै छ । “जहाँ नेपाली त्यहाँ सिटी एक्स्प्रेस” भन्ने नाराका साथ नेपालीको आफ्नै अपनत्व झल्किने गरी सेवा सुरु गर्दै बिभिन्न आरोह अवरोह पार गरी आजको अवस्था सम्म आइपुगेका छौ । ग्राहकको सर्बसुलभतालाई ध्यानमा राख्दै बिगतमा जापानका जेपी बैंकको एटिएम बाट जुनसुकै समयमा पैसा पठाउन मिल्ने गरी रेमिट कार्ड सेवा सुरु गरी हाम्रा सेवाग्राही हरुको समयको महत्व र आवस्यकतालाई मध्यनजर गर्दै हाल भइरहेको सेवालाई अझै सहज र सर्बसुलभ बनाउने सोचका साथ हामी जुनसुकै समयमा जहाँ बाट पनि पैसा पठाउन मिल्ने ‘सिटी मोबाईल वालेट’ सेवाको सुरूवात गर्न गइरहेका छौं । हाम्रो सेवालाई समयको माग संगै परिमार्जित र परिस्कृत गरी डिजिटल मोबाईल रेमिट्यान्स सेवा सुरु गर्न पाउँदा गौरवान्वित महसुस गरेका छौ । अब देखि देहायका माध्यमहरु बाट City Express को रेमिट्यान्स सेवा लिन सकिनेछ । १) काउण्टर २) सिटी वालेट (गोल्ड)कार्ड ३) रेमिट कार्ड् ४) बैंक ट्रान्सफर (फुरिकोमी) सिटी वालेटका बारेमा, मोबाईलमा सिटी एक्स्प्रेस जापान को अप्लिकेसन डाउनलोड गरेर ईमेल बाट सजिलै रजिस्ट्रेसन गर्न सकिने, आफै नयाँ रिसिभर थप गर्न तथा जुनसुकै समयमा जहाँबाट पनि पैसा पठाउन सकिने परिस्कृत मोबाईल अप्लिकेसन हो । वालेटमा ३ तरिकाबाट रकम जम्मा गर्न सकिन्छ १)सिटी वालेट (गोल्ड)कार्ड २)काउण्टर ३) बैंक ट्रान्सफर (फुरिकोमी) सिटी वालेट कार्डमा जम्मा गरेको रकम आफ्नो अनुकुल समयमा, जुनसुकै ठाउँबाट मात्र एक क्लिकमा आफैं पैसा पठाउन सकिने मोबाईल एप्लीकेसन हो । नोट:  मोबाईल अप्लिकेसन डाउन्लोड गरेर रजिस्टर पुराभएमा नयाँ सदस्य ले ५०० पोइन्ट रिवार्ड प्राप्त गर्न सकिने छ भने, साथीलाई नयाँ सदस्य बन्नको लागि सिफारिस गरेमा थप ५०० पोइन्ट प्राप्त गर्न सकिने छ ।  साथै हरेकपटक पैसा पठाउदा सेवा शुल्कको १०% पोइन्ट रिवार्ड प्राप्त गर्न सकिने विशेष क्याम्पेन पनि सुरू भएको जानकारी गराउन चाहन्छौं ।