बिहिबार, फागुन ०१, २०८१

नेपाल र नेपालीको हित विपरित काम हुन्न : राजदुत राणा

टोकियो,१३ जेठ । जापानका लागि नवनियुक्त नेपाली राजदुत् प्रतिभा राणाले नेपाली समुदायसँग सहकार्य गर्दै नेपालको हितको लागि काम गर्न आफु प्रतिबद्ध रहेको बताउनुभएको छ ।
शुक्रवार दुतावासमा,नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसंग औपचारिक भेटधाट गर्दै, राजदुत राणाले जापानमा रहेका नेपालीहरुको हितमा हुने सबै कामहरुमा राजदुतवास सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो । उहाँले जापानीहरु नेपालको शदिऔँ देखि सहयोगी भएकाले नेपाल – जापानको सहकार्यलाई प्राथमिकता दिँदै आफ्नो कार्यकालमा सम्बन्ध अझ मज्बुद बनाउन पहल गर्ने बताउनुभयो ।
भेटघाटमा, उपनियोग प्रमुख कुष्ण चन्द्र अर्यालले जापानमा क्रियाशील पत्रकारहरुले खेलेको भुमिका र राजदुतवासबाट गरिएको कामहरुका बारेमा जानकारी दिनु भएको थियो । भेटमा,राजदुतवासका प्रथम सचिव टोप नारायण गिरी तथा द्दितिया सचिव रेवन्त केसीको पनि सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेको नेतृत्वमा गएको टोलिमा केन्द्रीय सदस्य पवन बर्षा शाह लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।