सोमबार, भदौ ३१, २०८१

नीति तथा कार्यक्रम पेस गरि सहमतिय सरकारको राष्ट्रपतिद्धारा आहृवान

काठमाडौं,१२ जेठ । सरकारको तर्फवाट आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बजेटपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्पराअनुसार सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
बिहीबार व्यवस्थापिका संसद्को बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन । संवैधानिक व्यवस्थामा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने व्यवस्था छ ।

सरकारले यसपटक नयाँ कार्यक्रम नल्याएर पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिन लागेको छ । एमालेलगायत प्रतिपक्ष दल र निर्वाचन आयोगले नयाँ नीति तथा कार्यक्रम नल्याउन सुझाव दिएपछि सरकारले पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिन लागेको हो

राष्ट्रपति भण्डारीद्धारा सहमतीय सरकार गठनका लागि आहृवान
प्रधानमन्त्री प्रचण्डले बुधबार नै पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि दलहरुलाई आहृवान गरेकी छन् ।

तर, बिहीबार राष्ट्रपति भण्डारीले संसदमा उपस्थित भएर नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि मात्र सहमतीय सरकार गठनका लागि आहृवान गरेकी हुन् ।

राष्ट्रपतिले संविधानेका धार २९८ को उपधारा २ बमोजिम ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आहृनान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।