बिहिबार, असोज २४, २०८१

अन्तराष्ट्रिय नेपाली समाज जापानस्थित कान्तोको अध्यक्षमा लामिछाने

जापान,११ जेठ । नयॉ शक्ति को प्रवासी संगठन नेपाल अन्तराष्ट्रिय नेपाली समाज जापानको कान्तो क्षेत्रिय समिति तथा टोकियो इलाका समितिको महाधिबेशनले गणेश लामिछानेको अध्यक्षतामा २१ सदस्य कमिटी निर्वाचित गरेको छ ।
मे २३ तारिखका दिन टोकियोमा सम्पन्न भएको पहिलो अधिवेशनको समाजका जापान संयोजक तथा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्य पदम ठगुन्नाले उद्धाटन गर्नु भएको थियो । सम्मेलनले कान्तो समितिको उपाध्यक्षमा मोतिलाल गुरुङ ,दीया शाह ,बुद्धिराज सापकोटा ,सचिव प्रकाश श्रेष्ठ सहसचिवमा विशाल रेग्मी रवि लामिछाने ,चन्द्र गुरूंङ र कोषाध्यक्ष ऋषिरामलाइ सर्बसम्मत रूपमा चयन गरेको छ ।

त्यस्तै सोही दिन डम्बर बोहोराको अध्यक्षतमा ६१ सदस्यीय टोक्यो इलाका समितिको समेत गठन भएको छ । समितिको उपाध्यक्ष राजु ढकाल,उमेश वि एम ,सुजन देबकोटा, सचिव युवराज खत्रि सहसचिव दिक्पाल श्रेष्ठ,सरिता देबकोटा ,शुसिल सापकोटा कोषाध्यक्ष लिलामणि बगाले र सह–कोषाध्यक्ष पदमा रमेश परियार र मधु न्यौपाने चयन हुनुभएको छ ।

कान्तो क्षेत्रका संयोजक राजु के।सीको को सभापतित्वमा भएको कार्यकममा प्रबास प्रादेशिक परिषद समिति सदस्य चण्डिका अमगाइ,परिषद सदस्य तथा जापान प्रबक्ता भुवन रोका ,परिषद सदस्य सरिता ढकाल,अनेस महिला संयोजक लक्ष्मी दुलाल,युवा बिभाग संयोजक अमित रायमाझी,साइतामा केनका उत्प्रेरक मेघनाथ खराल,कानागावा केन उत्प्रेरक माधव सिग्देल अतिथि रहनुभएको थियो ।

नब निर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाइ नयाँ शक्ति पार्टी नेपालका जापान संयोजक पदम ठगुन्नाले सपथ ग्रहण गराउनुका साथै सफल कार्यकालको लागि बधाइ तथा शुभकामना समेत ब्यक्त गर्नुभएको थियो ।