बुधबार, असोज १०, २०८०

बहुचर्चित चलचित्र जारी जापानमा पुन: प्रदर्शनी हुने

जापान । नेपालको विशेषगरि लिम्बू समुदायको संस्कार, रीतिरिवाजलाई चलचित्रमा उतारेर बनाएको बहुचर्चित चलचित्र जारी जापानमा पुन: शो हुने भएको छ।

किरात याक्थुङ चुम्लुङ जापानले सुपरहिट नेपाली चलचित्र ‘जारी’सय दिन पुगेको अवसरमा जापानमा पुन: प्रदर्शन गरिने भएको हो।

संस्थाको सहयोगार्थ यही अगस्ट २७ तारिख आइतबारको दिन टोकियो स्थित नेवा डाइनिङ सभाहलमा स्थानिय समय अनुसार बेलकी ४ बजेदेखि ६ बजेसम्म प्रदर्शन तयारीमा रहेको किरात याक्थुङ चुम्लुङ जापानका कार्यबाहक महासचिव तथा कार्यक्रम संयोजक इन्द्रदीप आङदेम्बेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले प्रचारप्रसारको तयारि तिब्र भइरहेको र जापानबासी सबै नेपालीहरुलाइ जारी चलचित्र हेरी नेपाली चलचित्रको बिकासमा सहयोग गरिदिनहुन समेत अनुरोध गर्नुभयो ।
यसअधि जापानको बिभिन्न शहरहरुमा प्रदर्शन भएको जारी चलचित्र धेरै दर्शकहरुले मन पराएका थिए । कारणबस यसअधि चलचित्र हेर्न छुट्नु भाकोहरुको लागि  यो अवसर हुनेछ।