शनिबार, बैशाख ०८, २०८१

दोस्रो चरणको स्थानीय चुनाव जेठ ३१ मा नै गर्ने कांग्रेसको निर्णय

काठमाडौँ, ११ जेठ । नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय चुनाव जेठ ३१ गते नै गराउने निर्णय गरेको छ ।

सरकार परिवर्तनले आगामी चुनाव प्रभावित हुनसक्ने आशंका भइरहेका बेला कांग्रेसले सो निर्णय गरेको हो । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सरकारको नेतृत्व अब कांग्रेसले गर्दैछ । समसामयीक राजनीतिक अवस्थाबारे छलफल गर्न बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेस शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकले पूर्वनिर्धारित मितिमै चुनाव गराउने निर्णय गरेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ गते चुनाव हुँदैछ । बैठकमा चुनावका उम्मेदवार चयनबारे पनि छलफल भएको थियो । उम्मेदवार छान्न शुक्रबार बिहान पुनः बैठक बस्ने नेता केसीले जानकारी दिए ।

जेठ १२ गतेभित्रै उम्मेदवार सिफारिस गरेर सम्बन्धित निकायमा पठाउन कांग्रेसले निर्देशन दिएको छ ।