बुधबार, बैशाख १२, २०८१

पत्रकार महासंघको महाधिवेशन असार २२ गतेवाट काठमाडौंमा हुने

काठमाडौं, ११ जेठ । ‘ब्यसायिक पत्रकारिताको आधार(प्रेस स्वतन्त्रता र श्रम अधिकार’  भन्ने नारासहित नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आगामी असार तेस्रो साता  काठमाडौंमा हुने भएको छ ।

महासंघको बुधबार बसेको बैठकले आगामी असार २२ र २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको महाधिवेशनमा करिब १३ हजारको सहभागीता रहनेछ । महासंघका अनुसार नुवाकोट, बारा, स्याङ्जा, सप्तरी, सिराहा जिल्लामा भने अधिवेशन हुन बाँकी रहेको जानकारी गराएको छ ।