शुक्रबार, असार ०१, २०८१

हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवार महत विजयी

हेटौंडा, ११ जेठ ।  हेटौंडा उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवार हरिबोल महत र उपमेयरमा मीना लामा विजयी भएका छन् । सत्तारुढ कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेले हेटौंडा उपमहानगरपालिकामा विजय झण्डा फहराएको हो ।

मकवानपुर जिल्लामा तालमेल गरेका सत्तारुढ कांग्रेस र माओवादीले हेटौंडा उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट मेयर र माओवादीका तर्फबाट उपमेयरको उम्मेदवारी दिएका थिए । कांग्रेसले आनन्द पराजुलीलाई मेयरमा उठाएको थियो भने माओवादीले बलराम बललाई उपमेयरमा उठाएको थियो ।

मेयरका एमाले उम्मेदवार महतले २३१२४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका आनन्द पराजुलीले २२५०९ मत ल्याए । यस्तै उपमेयरमा एमालेकी मीना लामाले २३४३७ मत ल्याएर विजयी भइन् भने उनका प्रतिद्वन्द्वी माओवादीका बलराम बलले १७०११ मत ल्याए ।

पहिलो चरणमा निर्वाचन भएको एक मात्र उपमहानगरपालिका हेटौंडामा कांग्रेस माओवादीलाई जिताउन सत्तारुढ गठबन्धन