शुक्रबार, असोज १२, २०८०

जापानको ओकिनावा क्षेत्रमा शक्तिशाली ताइफु, जनजीवन प्रभावित

टोकियो । जापानको ओकिनावा प्रिफेक्चरमा ठूलो र धेरै शक्तिशाली ताइफुले शक्तिशाली हावा र भारी बर्षाका बिच व्यापक क्षति पुर्याएको छ ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार बुधवार साँझ ७ बजेसम्म खानुन ताइफु कुमेजिमा टापुबाट ११० किलोमिटर पश्चिममा रहेको छ । यो १५ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम–उत्तरपश्चिमतर्फ सरिरहेको छ ।
आँधीले आफ्नो केन्द्र नजिक १६२ किलोमिटर प्रतिघण्टा र २३४ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो ।

ओकिनावाको तोकाशिकिजिमा टापुमा बेलुका ४ बजेभन्दा केही समय अगाडि १५९ किलोमिटर प्रतिघण्टा, कुमेजिमा विमानस्थलमा बेलुका ६ बजेभन्दा केही समय अगाडि १५५ किलोमिटर प्रतिघण्टा र नान्जो सिटीमा साँझ ४ बजेपछि १३५ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आएको थियो ।

ताइफु वरपरका क्षेत्रमा वर्षाका बादलहरू विकसित हुँदैछन् र ओकिनावाको मुख्य टापु क्षेत्रमा जनजीवन अस्तव्यस्त बनाउनेगरि भारी वर्षा र तेजगतिको हावा चलिरहेको छ ।
२४ घण्टाको अवधिमा अपरान्ह ४ः४० बजेसम्म यस क्षेत्रको योमितान गाउँमा २६६ मिलिमिटर वर्षा भएको थियो । रेकर्ड अनुसार अगष्ट महिनायताकै सबैभन्दा बढी वर्षाको यो किर्तिमान हो ।

अधिकारीहरूले प्रिफेक्चरका केही क्षेत्रहरूमा पहिरोका कारण हुने विपद्को जोखिम बढेको चेतावनी दिएका छन् ।

आँधीले आफ्नो तीव्रता कायम राख्दै पश्चिम तर्फ सर्ने र सकिशिमा टापुहरूमा पुग्ने अनुमान गरिएको छ ।
हावाको अधिकतम गति ओकिनावा क्षेत्रमा १४४ किलोमिटर प्रतिघण्टा र अमामी क्षेत्रमा ९० किलोमिटर प्रतिघण्टा हुने अनुमान गरिएको छ ।
अमामी क्षेत्रमा १२६ किलोमिटर प्रतिघण्टा र ओकिनावा क्षेत्रमा २१६ किलोमिटरको गतिमा हावाको आँधी आउन सक्ने र केही घरहरू भत्काउन सक्ने क्षमताको शक्तिशाली हुने चेतावनी जारी गरिएको छ ।
ओकिनावा क्षेत्रका लागि बिहीबार १०८ किलोमिटर प्रतिघण्टाको हावा र १६२ किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हावा चल्ने अनुमान गरिएको छ ।
ओकिनावा क्षेत्रमा ११ मिटर र अमामी क्षेत्रमा ९ मिटरसम्म अग्लो छालहरू सहित समुन्द्रको छालहरुले असर पार्ने पूर्वानुमान गरिएको छ