सोमबार, भदौ २४, २०८१

काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै

काठमाडौँ,८ जेठ । काठमाडौँ महानगरपालिकाको जारी मतगणनामा प्रमुखमा नेकपा ९एमाले०का मेयरका उम्मेदवा विद्यासुन्दर शाक्यले १० हजार भन्दा बढी मतले अग्रता कायम गरेका छन् ।

सुरुवातदेखि नै अग्रता लिएका शाक्यले सोमबार मध्यन्नसम्म आइपुग्दा झण्डै १० हजारको अग्रता लिएका छन् । महानगरको लगभग ९० हजार मत गणना सकिएको छ । जसमा शाक्यले ३० हजार ९७५ मत पाएका छन् भने कांग्रेसका जोशीले २१अहजार ९२७ मत पाएका छन् ।

तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रञ्जु दर्शना छिन् । १२ हजार र साझा पार्टीका किशोर थापाले ९ हजार हाराहारीमा मत ल्याएका छन् ।
उपमेयरमा भने कांग्रेस उम्मेदवार हरिप्रभा खड्कीले झण्डै १० हजारको अग्रता लिएकी छन् । उनले २६ हजार ४१७ मत पाएकी छन् । दोस्रो स्थानमा राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठ छन् । उनले १६ हजार ८२३ मत पाएका छन् ।
नेकपा ९माओवादी केन्द्र०का सर्वोत्तम डङ्गोलले तीन हजार १६० मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी गराए । अव २० हजार हाराहारीकाृ मत गन्न बाँकी छ ।काठमाडौंको मेयरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यको विजय लगभग निश्चित भएके छ ।