पूर्वसहमति अनुसार नै कांग्रेसलाई सत्ता हस्तान्तरण : प्रचण्ड

काठमाडौं,७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहमति अनुसार नै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । साथै जेठ १५ मा कामचलाउ बजेट ल्याइने बताए ।

नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’मा उपस्थित भएका प्रचण्डले सत्ता हस्तान्तरणबारे कांग्रेससँग भएको सहमति अक्षरश पालना हुने बताए । सत्ता हस्तान्तरणले दोस्रो चरणको चुनावलाई असर नगर्ने भन्दै उनले भने, ‘कांग्रेससँग मेरो सहमति भएको छ । त्यो सहमति भन्दा एक दिनपनि बढी बस्दिनँ । सत्ता हस्तान्तरण हुन्छ ।’

तर, दोस्रो चरणको चुनाव सुनिश्चित नभएसम्म सरकार परिर्वतन नहुने उनले बताए ।

माओवादी नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्डले आगामी जेठ १० गते राजीनामा दिने सम्भावना छ ।

यो सरकार गठनका क्रममा नै कांग्रेस र माओवादीबीच ९/९ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: