मङ्गलबार, बैशाख ०४, २०८१

रामेछापको ८ मध्ये एमाले पाँच,दुई माओवादी केन्द्र र एक स्थानमा कांग्रेस बिजयी

मन्थली,६ जेठ । रामेछापको ८ स्थानीय तहको तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । रामेछापकको ८ स्थानीय तहमा नेकपा एमालेले पाँच वटा स्थानीय तहमा विजयी हासिल गरेको छ । रामेछापको २ स्थानीय तहमा नेकपा माओवादी केन्द्र र एक स्थानमा नेपाली कांग्रेस बिजयी भएको छ । रामेछापको मन्थली नगरपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्ड गाउँपालिका, लिखु गाउँपालिका र खाँडादेवी गाउँपालिका प्रमुखमा एमाले विजयी भएको छ ।

सुनापति गाउँपालिका र दोरम्बा गाउँपालिका र दोरम्बा गाउँपालिकामा माओवादी केन्द्रले प्रमुखमा विजयी भएको भने रामेछाप नगरपालिकामा भने नेपाली कांग्रेसले नगर प्रमुखमा जितेको छ । अधिकार सम्पन्न स्थानीय तहमा वीस बर्षपनि नयाँ जनप्रतिनिधिले चुनिएको छ ।

मन्थली नगरपालिकाको नगर प्रमुख रमेश बस्नेत र नगरपालिकाका उपप्रमुख माया कार्कीले शुक्रवार नै पदभार ग्रहण गरेका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै गाउँपालिका र वडाहरु जनप्रतिनिधि चुनिएका छन् ।

मन्थली नगरपालिका
नेकपा एमाले
नगर प्रमुख, रमेश बस्नेत
नगर उपप्रमुख माया कार्की

रामेछाप नगरपालिका
नेपाली कांग्रेस
नगर प्रमुख नरबहादुर थापामगर
नगर उपप्रमुख, सृजना खड्का

खाँडादेवी गाउँपालिका
नेकपा एमाले
अध्यक्ष, प्रेम लामा
उपाध्यक्ष, मखमली श्रेष्ठ

सुनापति गाउँपालिका
नेकपा माओवादी केन्द्र
अध्यक्ष, धावा लामा
उपाध्यक्ष, गिता विष्ट (चौलागाईं)

दोरम्बा गाउँपालिका
नेकपा माओवादी केन्द्र
अध्यक्ष, कमानसिंह होक्तान
उपाध्यक्ष, कृशला घिसिङ

लिखु गाउँपालिका
नेकपा एमाले
अध्यक्ष, गोविन्द्र खड्का
उपाध्यक्ष, दिपशिाखा दाहाल

उमाकुण्ड गाउँपलिका
नेकपा एमाले
अध्यक्ष, शेरबहादुर तामाङ
नेपाली कांग्रेस
उपाध्यक्ष, उर्मिला कार्की

गोकुलगंगा गाउँपालिका
नेकपा एमाले
अध्यक्ष, खड्गबहादुर सुनुवार
उपाध्यक्ष, राधिका श्रेष्ठ

– See more at: http://ramechhapnews.com/news/2017/05/19/2947.html#sthash.Yl0gP2bj.dpuf