सोमबार, भदौ २४, २०८१

सिन्धुलीको सम्पूर्ण वडाको मतगणना सम्पन्न, पहिलो स्थानमा एमाले

सिन्धुली,६ जेठ । सिन्धुली जिल्लाभरका नौ वटा स्थानीय तहका ७९ वडा मध्ये एमालेले सबै भन्दा वढी वडामा जीत हासिल गरेको छ । जिल्लाभरीको सबै मत गणना सकिदा एमालले ३१, कांग्रेसले २६ र माओवादी केन्द्रले २२ वटा वडा जितेका हुन् ।
एमालले जितेका वडाहरुमा कमलामाइ नगरपालिकाका १४ मध्ये ७, दुधौली नगरपालिकाका १४ मध्ये ६, गोलन्जोर गाउपालिकाका ७ मध्ये २, घ्याङलेख गाउपालिकाका ५ मध्ये १, हरिहरपुरगढी गाउपालिकाका ८ मध्ये २, फिक्कल गाउपालिकाका ६ मध्ये ४, सुनकोशी गाउपालिकाका ७ मध्ये ३ र तीनपाटन गाउपालिकाका ११ मध्ये ६ वटा वडा हुन् । एमालेले मरिण गाउपालिकाका एउटै पनि वडा जित्न सकेन ।
त्यस्तै कांग्रेसले कमलामाइमा नगरपालिकामा ७, दुधौली नगरपालिकामा ४, गोलन्जोर गाउपालिकामा ४, घ्याङलेख गाउपालिकामा ३, हरिहरपुरगढी गाउपालिकामा १, फिक्कल गाउपालिकामा २, सुनकोशी गाउपालिकामा २ र तीनपाटन गाउपालिकामा ४ वटा वडामा जीत हासिल गर्यो । मरिण गाउपालिकामा कांग्रेसले पनि एउटै वडा जित्न सकेन ।
त्यस्तै माओवादी केन्द्रले कमलामाइ नगरपालिकामा १,दुधौली नगरपालिकामा ४, गोलन्जोर गाउपालिकामा १, घ्याङलेख गाउपालिकामा १, मरिण गाउपालिकामा ७ वटै, हरिहरपुरगढी गाउपालिकामा ५, सुनकोशी गाउपालिकामा २ र तीनपाटन गाउपालिकामा १ वटा वडामा जीत हासिल गरेको छ । माओवादी केन्द्रले फिक्कल गाउपालिकामा एक वडा पनि जित्न सकेन ।
सात गाउपालिका र दुइ नगरपालिका गरि नौ वटा स्थानीय तहमा कमलामाइ र दुधौली दुबै नगरपालिका र फिक्कल गाउपालिका गरि तीन स्थानीय तहमा एमाललेले नगर प्रमुख, उपप्रमुख तथा गाउपालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको छ भने कांग्रेसले गोलन्जोर, घ्याङलेख र तीनपाटनमा जीतेको छ । यद्धपी तीनपाटनमा उपाध्यक्ष भने एमालले जीतेको छ । त्यस्तै माओवादी केन्द्रले सुनकोसी, मरिण र हरिहरपुरगढी गरि तीन गाउपालिकामा अध्यक्ष, उपाध्यक्ष जीतेको छ ।