काठमाडौं,५ जेठ । वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानमा भएको पहिलो चरणमा निर्वाचनको २ सय २० स्थानीय तहको मत परिणाम आइसकेको छ । बाँकी ६३ स्थानीय निकायको मत परिणाम आउने क्रममा छ ।
पछिल्लो परिणम शुक्रवार विहानसम्म् एमालेले सबै भन्दा बढी ९१ स्थानीय तहमा विजयी हुँदै आफने अग्रता कायमै राखेको छ । त्यसैगरी नेपाली कांग्रेसले ८४ स्थानीय तहमा विजयी हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले अहिलेसम्म ४० स्थानीय निकायको प्रमुख पद हात पारेको छ ।
योसँगै ३ स्थानमा स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् भने एकएकमा राप्रपा, नयाँशक्ति र जनमोर्चाले जितेका छन् ।
त्यसैगरी पहिलो चरणको निर्वाचन भएको चार तीन महानगरपालिका पनि एमालेले नै अग्रता कायम राखेको छ ।
भने एक महानगरपालिकामा ललितपुरमा काग्रेस झिनो मतले अगडि छ ।