बिहिबार, बैशाख १०, २०८३

आइसिसी विश्वकप छनोटको प्लेअफमा नेपालद्वारा यूएई पराजित

काठमाडौं । आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा नेपालले युएईलाई तीन विकेटले हराएको छ । जितका लागि पाएको १८२ रनको लक्ष्य नेपालले ४३ दशमलब २ ओभरमा ७ विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा दीपेन्द्र र सन्दीपल लामिछानेले महत्वपूर्ण योगदान दिए । एक समय १०६ रनमा ७ विकेट गुमाएर संकटमा परेको नेपाललाई दीपेन्द्र र सन्दीपले सम्हालेका थिए ।

यि दुबै ब्याटरले अर्धशतकीय ७९ रनको विजयी साझेदारी गरे । दीपेन्द्र ७९ र सन्दीप २३ रनमा अविजित रहे । दीपेन्द्र प्लेयर अफ द म्याच भए । यस्तै गुल्शन झा १२,कुशल भुर्तेल ३५, आरिफ शेख १, भीम सार्की १,कप्तान रोहित पौडेल ४,ज्ञानेन्द्र मल्ल १३ र अर्जुन साउँद १ रन बनाए । त्यसअघि हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्ता पाएको युएई ४६ दशमलब ५ ओभरमा १८१ रनमा अलआउट भयो ।

जसमा वृत अरविन्दले सर्वाधिक ४४ र रोहन मुस्तफाले ३५ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसीले ३, गुल्शन झा,दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसीले एक एक विकेट लिए । जितसँगै सुपर सिक्सबाट बाहिरिसकेको नेपालले सातौं स्थानका लागि टेस्ट टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । युएई भने नवौं स्थानको लागि अमेरिकासँग भिड्नेछ ।