बुधबार, बैशाख १२, २०८१

कक्षा ११ को परीक्षा पुनः सर्‍यो, असार ८ गतेदेखि हुने

काठमाडौं, ३ बैशाख  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा  असार ८ गतेबाट सञ्चालन गर्ने भएको छ । यसअघि शुरुमा वैशाख २४ गतेदेखि गर्ने भनिएको कक्षा ११ को परीक्षा वैशाख ३१ गतेलाई निर्वाचनको मिति घोषणा गरिएकै कारण असार १ गतेसम्मका लागि सारिएको थियो ।

असार १ गतेबाट सञ्चालन गर्ने भनिएको परीक्षा दोस्रो चरणको स्थानीय तहको निर्वाचन जेठ ३१ हुने भएकोले पुनः कक्षा ११  परिक्षा सारिएको हो।

निमित्त परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार परीक्षा असार १८ गतेसम्म सञ्चालन हुनेछ ।