बिहिबार, मङि्सर २०, २०८१

मतगणना बुधवारसम्म सार्वजनिक गरि सक्ने : आयोग

काठमाडौं,१ वैशाख । आइतवार सम्पन्न निर्वाचनको मतगणना सुस्त भएको भन्दै निर्वाचन आयोगले जनशक्ति थपेर पर्सिसम्म मतपरिमाण सार्वजनिक गरिसक्ने बताएको छ ।

आयोगले मत गणनाको गति निकै सुस्त भएको भन्दै केही नगरपालिका र गाउँपालिकाहरुमा मतगणना गर्ने जनशक्ति थप गरेको हो ।

आयोगले मत गणनाको काम ढिला भएको महसुस गरेर जनशक्ति थपेको हो । यस्तै आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन दिदै आवश्यक पर्छ भने मतगणनामा जनशक्ति थपेर भएपनि मतगणनाको गति बढाउन निर्देशन दिएको हो ।

अनलाइनखबरसँग कुरा गर्दै आयोगका सचिव गोपीनाथ मैनालीले महानगरपालिकाको मतगणना झनै कमजोर भएकाले मतगणनाको गति बढाउन भोली जनशक्ति थप गर्ने बताए ।

उनले भने,’भोलिदेखि चाँडै परिणाम आउँछ, पर्सीसम्म सबै स्थानीय तहको परिणाम निकाल्ने तयारी छ ।’ निर्वाचन अधिकृतलाई जनशक्ति थपेर भएपनि मतगणनाको गति बढाउने तयारी गरेको छ ।

मतगणना चाँडो सक्न चार महानगरपालिकामा अझै जोड दिएको उनले बताए । मतपत्र धेरै भएको ठाउँमा जनशक्ति थप्ने क्रम सुरु भएको आयोगले जनाएको छ ।