मनाङ,१ जेठ । मनाङको चामे गाउँपालिकाबाट एमालेले बिजयी शुरुवात गरेको छ ।
चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रवहादुर घले २१४ मत प्राप्त गरी बिजयी भएका छन् ।
निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् ।
उनले १६९ मत प्राप्त गरेर बिजयी हुँदा एमालेकी टिकनदेवी गुरुङ ९ मतले पछि परिन् ।
मनाङमा एमालेले चुनाव जितेको इतिहासमै यो पहिलो पटक जनाएको छ ।