मङ्गलबार, असोज २२, २०८१

स्थानीय निर्वाचनमा ७१ प्रतिशत मत खसेको आयोगको दाबी

काठमाडौं,३१ वैशाख । पहिलो चरणको स्थानीय तह निर्वाचनमा जनताको उत्साहजनक सहभागिता जनाएका छन् । समग्रमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

आइतवार ३४ जिल्लाका ३९२१ मतदान स्थलमा विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेपछि सकिएको थियो । प्रदेश नम्बर ३, ४ र ६ का ३८३ स्थानीय तह मध्ये २८१ मा भएको निर्वाचनमा भएको थियो । डोल्पाको शेफोक्सुन्डो र मनाङको नार्फूमा निर्वारोध भइरहेको छ ।

मतदान सकिएलगतै आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा जनसहभागिता उत्साहजनक रहेको बताए । उनका अनुसार समग्रमा ७१ प्रतिशत मत खसेको छ ।