शुक्रबार, असार १२, २०८३

“नेपाली राजनीतिमा प्रवासी युवाहरूको उपस्थिति र भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम हुने

जापान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभाग जापान कान्तो क्षेत्रीय समितिको आयोजनामा यही जून ६ तारिक मंगलवार“नेपाली राजनीतिमा प्रवासी युवाहरूको उपस्थिति र भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

हाल जापान भ्रमणमा रहेकी प्रतिनिधिसभा सांसद सोविता गौतमको प्रमुख आतिथ्यतामा हुने सो अन्तरक्रियात्मक कार्यक्रमले विभिन्न कारणवस परदेशमा आउन बाध्य नेपालीहरूलाई आफ्नो देशको राजनीतिक परिवेश, बदलिंदो अवस्था अनि गर्न सकिने योगदानका बारेमा झनै नजिक बनाउने विश्वास लिईएको आयोजक समितिका अध्यक्ष प्रेमप्रसाद कँडेलले बताउनु भयो ।

होराई-चो १-१-३ मा रहेको खानागावा बेरू हलको ६०१ मा दिउँसो ३ बजेबाट करिव ३ घण्टाका लागि आयोजना गरिएको सो कार्यक्रममा उपस्थितिका लागि पंचायत पर्ने स्थान अनि जापानमा रहनु भएका सबै वर्ग, समुदाय र उमेरका नेपाली समुदायलाई रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापान का केन्द्रीय सदस्य प्रकाश आचार्यले एक विज्ञप्ति जारी गर्दै अपीलपनि गर्नु भएको छ ।

“आमूल परिवर्तनका लागि नेपाली राजनीतिमा विशिष्ट पहिचान बनाएको रास्वपालाई जापानमा पनि विशिष्टीकृत गर्दै आशा अनि भरोसाको पार्टी बनाउन हामी क्रियाशील छौं”, रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानका महामन्त्री खेमराज पौडेल भन्नुहुन्छ,”हामी भनेर होइन गरेर नै फरक हुने अभियानमा छौ, समय-समयमा अलग-अलग अनि प्रभावकारी काम अनि कार्यक्रमहरू गरेर यसको पुष्टी गर्दै जाने नै छौं ।”