टोकियो । रेमिट्यान्स कम्पनीको रूपमा २०१० मा जापान सरकारमा दर्ता भई संचालनमा आएको जापान मनी एक्सप्रेस (जेएमई) ले १३ औं वार्षिक उत्सव मनाउन लागेको छ ।
जेएमई संचालन भएको १३ बर्ष पुरा भई १४ औं प्रवेश गरेको अवसरमा वार्षिक उत्सव मनाउन लागेको हो ।
जेएमईले वार्षिक उत्सवको अवसरमा एक जना आफ्नो ग्राहकलाई १ लाख येन बम्पर उपहार दिने सार्वजनिक गरेको छ ।
विगत १३ वर्ष देखि निरन्तर रुपमा आफ्ना सेवाग्रहीलाई जापानबाट विश्वका विभिन्न देशहरुमा रेमिट्यान्स सम्बन्धि सेवा दिंदै आइरहेको कम्पनीले यस योजना मे १५ बाट सुरु भई जुन ३० तारिख सम्म संचालन गरेको छ ।
जेएमईबाट पैसा पठाउनेहुने सम्पूर्ण ग्राहकहरु मध्येबाट Lucky Draw मार्फत भाग्यशाली बिजयी धोषणा गरिने जनाएको छ । JME को APP, कार्यालय वा शाखाहरुबाट रेमिट्यान्स गर्ने आफ्नो ग्राहकबाट लक्की ड़्र मार्फ़त एक जनालाई १ लाख येन उपहार दिने कम्पनीका अध्यक्ष ओम गुरुङले जानकारी दिनु भयो ।
सिम्पल तामाङले जीते नयाँ वर्षको बम्पर उपहार १ लाख
जेएमईले यसअघि पनि नयाँ बर्षको उपलक्ष्यमा एक जनालाई एक लाख येन बम्पर उपहार दिएको थियो ।
नयाँ वर्षको अवसरमा बम्पर उपहार कार्यक्रममा १ लाख येन प्रथम उपहार विजेता सिम्पल तामाङ, द्वितिय उपहार स्मार्च वाच ५ जना विजेताहरु ओली सरोज, धनी प्रसाद खड्का, बिकेन्द्र डंगोल, सुजान गिरी, पूर्ण बहादुर गुरुङ जीतेको थियो ।
त्यस्तै तृतिय उपहार १० जनालाई आइपोर्ट विजेताहरु अधिकारी मिन बहादुर, डाँगी याम बहादुर, वाइवा संगीता, गुरुङ्ग दिपेन, श्रेष्ठ केबिन, प्रकाश सिलवाल, रेग्मी अलिसा, खनाल सरस्वती, मित्र लाल काफ्ले र अमृत गुरुङले प्राप्त गरेको थियो।
App Store IOS (iPhone):
https://apps.apple.com/us/app/jme-remittance/id1561903311
Google Play (Android Phone):
https://play.google.com/store/apps/details?id=com.remit.jmecustomer

