बुधबार, असोज ०२, २०८१

निर्वाचनको मतदान सकिएलगत्तै साझँबाट मतगणना शुरु : आयोग

काठमाडौं,३१ बैशाख । पहिलो चरणको निर्वाचन सम्पन्न हुने बित्तिकै मतगणना शुरु हुने भएको छ । शनिवार दिउँसो निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।

पहिलो चरणको निर्वाचन समाप्त हुनासाथ मतगणना शुरु हुने जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादव भने, ‘पहिला निर्वाचन सक्न दिनुस्, त्यसपछि आईतबार साँझ नै मतगणना शुरु हुन्छ ।’ पत्रकार सम्मेलनमा आफ्नो विज्ञप्ती पढेर सुनाएपछि प्रमुख निर्वाचन आयुक्तले पत्रकारका प्रश्नको जवाफ दिएका थिए ।
मन्त्रीहरुले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेकोबारे प्रश्न गर्दा प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले शत प्रतिशत आचारसंहिता पालना गराउन संभव नहुने बताएका थिए ।

आईतबार पहिलो चरणमा हुन लागेको स्थानिय निर्वाचनको ६ हजार ६४२ मतदान केन्द्रमा मतदाता शिक्षाको लागी आवश्यक सामग्री पठाईएको जानकारी दिँदै उनले भने, ‘मतदातालाई सचेत गराउने काम सहित निर्वाचनको सवै तयारी पुरा भैसकेको छ ।

त्यस्तै दोस्रो चरणको निर्वाचनका लागी आवश्यक सामग्रीको छपाई समेत सकिएको आयोगले जनाएको छ ।