शनिबार, बैशाख ०८, २०८१

बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता गर्दै श्री टुसाल युथ क्लब

काठमाडौं । श्री टुसाल युथ क्लबले बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता २०८० आयोजना गर्ने भएको छ । विश्व सम्पदा सुचिमा सुचिकृत बौद्धनाथको प्रवर्द्धनमा टेवा पुगोस भन्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाव कायम गर्दै प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुगोस भन्ने हेतुले बौद्धनाथ क्षेत्र विकास कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष विजय लामाले बताएका छन्। प्रतियोगितामा सहभागी हुन चाहने टिमले जेठ २९ गते सम्म टिम दर्ता गरिसक्नु पर्ने र दर्ता शुल्क रु ५ हजार कायम गरिएको उनले जानकारी दिए ।

जेठ ३१ गते देखि असार २ गते सम्म काठमाडौं महानगरपालिका वडा नं ६ स्थित बौद्ध टाउन प्लानिङमा आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा प्रथम र द्धितीय हुने टिमले नगद क्रमश ः रु ५० हजार ५ सय ५५ रुपैया , रु २५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरि प्रतियोगितामा उत्कृष्ट खेलाडी उत्कृष्ट गोल रक्षक र उत्कृष्ट डिफेन्सलाइ समेत पुरस्कारको व्यवस्था रहेको आयोजकले जानकारी गराएको छ ।