काठमाडौं,३० बैशाख । नेकपा एमालेले निर्वाचनको निश्पक्षताको प्रत्याभूति गर्न सरकार र निर्वाचन आयोगलाई आग्रह गर्दै संवैधानिक अधिकार रहेर काम गर्न अपिल गरेको छ ।
स्थानीय तहको निर्वाचनको पूर्वसन्यामा शनिवार पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको तीव्र आलोचना गरे । सरकारले आचारसंहिता उल्लंघन गरेर धाँधलीलाई प्रश्रय दिइरहेको भन्दै ओलीले निर्वाचन आयोगको ध्यानाकर्षण गराए । बैशाख ३१ को निर्वाचनलाई दुई चरणमा गर्ने भन्दै एक महिनापछि जेठ ३१ मा दोश्रो चरण गर्ने भनियो । १ महिना पछि सार्ने काम भयो । पहिलो धाँधलीको प्रयास भयो । सरकारले गलत मनासयका साथ दुई चरणमा निर्वाचन गर्ने निर्णय गर्यो । ३१ बैशाखमा प्रदेश ३, ४ र ६ मा निर्वाचन गर्ने भनियो । वाँकीमा दोश्रो चरणमा गर्ने निर्णय गर्यो । यो आफैंमा सरकारको स्वेच्छाचारी निर्णय हो, गलत नियत र मनसायबाट गरिएको छ ।
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने- ‘म निर्वाचन आयोगलाई आग्रह गर्न चाहन्छु तपाईहरु निर्वाचन आयोगले आफ्नो संवैधानिक अधिकारमा निर्णायक हुनोस् । निर्वाचन आयोगप्रति जनताको विश्वास छ । निर्वाचन आयोग निरीह र मूकदर्शक भएर बस्न मिल्दैन ।
चुनावपछि सत्ताधारी पक्ष झोक्राउने दाबी गर्दै ओलीले भने- चुनाव परिणामपछि आफै झुक्ने जिकिर गर्नु भयो ।