काठमाडौं,३० बैशाख । निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन देखाएको भन्दै स्वास्थ्य मन्त्री गगन थापालाई शनिबार विहान कपनका स्थानीयवासीहरुले लेखेटका छन् । मौन अवधिको समयमा मन्त्री थापाले चुनावी प्रचारलाई तिव्र बनाएपछि थापालाई स्थानीयबासीले निर्वाचन आचारसंहिता विपरित काम किन गरेको भन्दैं ? प्रश्न उठाएर लेखेटेका हुन् । स्थानीयहरुले मन्त्री थापालाई सुकेधारासम्म लखेटेका थिए ।
मन्त्री थापा बिहानै बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित जोरधारामा पुगेका थिए । त्यहीक्रममा उनलाई स्थानीयबासीहरुले घेराउ गरेका हुन् । उनीहरुले थापाविरुद्ध नाराबाजी समेत गरे । मन्त्री थापाले बुढानीलकण्ठ नगरपालिकाको कपन जोरधारामा विहान करिब साढे ८ बजे कांग्रेसका स्थानीय कार्यकर्तासहित पैसा पनि बाँडिरहेको दाबी स्थानीयले गरेका छन् ।