काठमाडौं । लोकप्रिय गायिका स्मृति गौतम र गायक तथा सर्जक दिनेश श्रेष्ठले लोक दोहोरी गीत “बस्यो मायाँ” सार्वजनिक गरेका छन् ।
उक्त गीतको भिडियो सार्वजनिक गर्दै थुप्रै संगीतका पारखीहरुले मन पराएका छन् । गीतमा दिनेश श्रेष्ठ र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । गीत छोटो समयमा नै अत्याधिक श्रोता तथा दर्शकहरुको माया प्राप्त गरेका छन् ।
नुवाकोटका गायक श्रेष्ठ र सिन्धुपाल्चोककी गायिका गौतमले पनि यस्ता कयौं सफल गीतहरुमा स्वर भरिसकेकी छिन् । नारायण दंगालको संगीत संयोजनमातयार काजिश श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत सार्वाजनिक गरिएको गीतमा दिनेश श्रेष्ठ कै लय तथा शब्द श्रीजना रहेको छ ।
यस गीतमा नेपाली चलचित्र जगतका सफल नायक पल शाह र अस्मिता जुरेलीको अभिनय देख्न सकिन्छ । साथमा हरी अधिकारी, लक्ष्मण खरेल र सुजान कार्कीको पनि यस गीतको म्युजिक भिडियोमा आकर्षक अभिनय देख्न सकिन्छ । मोडल अस्मिता नेपाली रेस्लर समेत हुन् ।
गीतको म्युजिक भिडियोलाई निर्देशन काजिस श्रेष्ठले गरेका हुन् भने कोरिग्राफी प्रशान्त मगर र करण खतिवडा त्यसैगरी छायांकन नबराज उप्रेतीका साथै सम्पादन मनोज कार्कीले गरेका छन् ।
फुल भिड़ियो

