काठमाडौ,२७ वैशाख । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले दोलखा घटनाको निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
दोलखाको गौरीशंकर गाउँपालिकाअन्तर्गत वडा नं। २ जुगुँमा माओवादी केन्द्रको आक्रमणबाट घाइते भई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचाररत एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन एमाले महासचिव ईश्वर पोखरेलसँगै अन्य नेताका साथमा अस्पताल पुगेका सचिव ज्ञवालीले आक्रमणमा संलग्न व्यक्तिहरुको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे ।
‘यदि सरकारले उदासिनता देखाएमा एमाले स्वयम्ले यस विषयमा हात हाल्नुपर्ने अवस्थामा महंगो मूल्य चुकाउनुपर्नेछ,’ ज्ञवालीले चेतावनी दिँदै सञ्चारकर्मीसँग भने– ‘त्यसबेला एमालेले हातमा दही जमाएर बस्नेवाला छैन ।’
माओवादी केन्द्रका नेता कार्यकर्ताको आक्रमणमा परी एमाले युवा कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको थियो ।
उनको मृत्यु भएपछि अहिले गाउँ नै शोकमग्न बनेको छ ।