आइतबार, फागुन १३, २०८०

पत्रकार गुरुङ्को पहलमा निर्माण सम्पन्न विद्यालय भवन हस्तान्तरण

टोकियो । जापानको राजधानी टोकियोलाई कर्मथलो बनाई आफ़नो पेशा गर्दै निरन्तर पत्रकारीता गरेका खड़क बहादुर गुरुङ्को पहलमा निर्माण सम्पन्न भएको बिध्यालय भवन हस्तान्तरण गरेको छ ।
कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २८, माझठाना रैकरस्थित श्री रत्न शोभा मावि नव निर्मित भवनको वैशाख २५ गते समुद्घाटन कार्यक्रम गरी आमा चिज कौरा गुरुङ्को हातबाट हस्तान्तरण गरेको थियो ।
गुरुङ्ले आफ़नो स्वर्गीय बुवा जुमा बहादुर गुरुङ्को सम्झानमा सो भवन निर्माण गरेका थिए । सो भवन निर्माणको लागी श्रीमती जश्मी र आफ़नो नाममा गुरुङ्ले १९ लाख ८२ हज़ार ४ सय ४९ र ७ लाख ६७ हज़ार ६ सय ६२ अनुदान संकलन गरी २७ लाख ५० हज़ार १ सय ११ कुल ख़र्च गरी निर्माण सम्पन्न गरेका खड़क गुरुङ्ले जानकारी दिनुभयो ।IMG_9575

IMG_9572IMG_9556IMG_9574