काठमाडौं । कराँते खेलाडी आयुष अधिकारीले दुई दिनमै दुईवटा स्वर्ण र उत्कृष्ट खेलाडी उपाधी हात पारेका छन् ।
भिएस निकेतन स्कुलमा कक्षा ६ मा अध्ययनरत भृकुटी डोजोमा लगातार कराते प्रशिक्षण लिदैं आएको अधिकारीले विभिन्न प्रतियोगिताहरुमा प्रतिस्पर्धा गरि थुप्रै पदक हरु जिति सकेका छन् । २०८० वैशाख २२ र २३ गते काठमाडौंमा दुई दिन लगातार सप्पन्न प्रथम मेयर कप उमा खुल्ला कराते प्रतियोगिता र टोखा नगरपालिका मेयर कप कराते प्रतियोगिता दुबैमा प्रतिस्पर्धा गरि दुवै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि दुवै खेलमा स्वर्ण पदक जित्दै सर्वोत्कृष्ट उदयमान खेलाडिको उपाधी समेत हात पार्न सफल भएका छन् अधिकारी ।
उक्त दुवै प्रतियोगितामा भृकुटी डोजो, भृकुटीमण्डपले विभिन्न पदक जित्दै प्रथम मेयर कप उमा खुल्ला कराते प्रतियोगितामा टिम उपाधि र टोखा नगरपालिका मेयर कप प्रतियोगितामा टिम दोस्रोको उपाधि समेत हात पारेको हो । आफ्नो खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकोमा कराँते प्रशिक्षक अष्ट वीर लामाले खुसी व्यक्त गरेका छन् ।

