बिहिबार, बैशाख ०६, २०८१

दोश्रो तमु धीं जापान रनिंग कप फुट्सल प्रतियोगिता हुने

टोकियो,२७ बैशाख ।तमु धीं जापानको आयोजनामा ” स्वास्थ्य, राष्ट्र र मेलमिलापको लागि खेलकुद ” भन्ने मूल नाराका साथ  मे २१ तारिक आईतबार दोश्रो तमु धीं जापान रनिंग कप फुट्सल प्रतियोगिता हुने भएको छ ।

गत बर्ष देखि तमु धीं जापानले खेलकुदलाई प्राथमिकता दिदै फुट्सल प्रतियोगिता आयोजना गर्न थालेको हो । उक्त प्रतियोगितामा सहभागी हुन चाहने टीमले जति सक्दो छिटो आफ्नो टीम दर्ता गर्न अनुरोध गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने टीमले नगद २ लाख २२ हजार २ सय २२ येन साथमा रनिंग ट्रफी,बिजेता ट्रफी, मेडल र प्रमाण पत्र साथै द्दितीय हुने टीमले नगद १ लाख ११ हजार १ सय ११ येन साथमा उपविजेता ट्रफी,मेडल र प्रमाण पत्रले सम्मान गरिने जानकारी प्राप्त भएको छ । खेल TOKYO –TO, HACHIOJI –SHI, 2 – 2 – FUJIMOTI KOUEN को खेल मैदानमा हुनेछ ।  सिमित टीम खेलाईने हुनाले जसले पहिला दर्ता गरिन्छ उसै टीमलाई पहिलो प्राथमिकता दिईने जानकारी गराईएको छ ।

टीम दर्ता तथा थप जानकारीको लागि तमु धीं जापानका व्यक्तिहरुलाई सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ  ।