सोमबार, भदौ २४, २०८१

स्थानीय तहको केन्द्रमै मतगणना गर्ने आयोगको निर्णय

काठमाडौं,२७ बैशाख । स्थानिय चुनावको मतगणना सम्बन्धित स्थानीय तहको केन्द्रमा नै गर्ने निर्णय भएको छ । निर्वाचन आयोगले मतपेटिका ओसार पसार गर्दा सुरक्षामा जटिलता आउनसक्ने भएकाले सदरमुकामसम्म नलगि स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने जनाएको छ ।

‘२८३ वटै स्थानीय तहमा एकसाथ मतगणना हुन्छ । त्यसको अधिकार निर्वाचन अधिकृतको कार्यालयलाई दिइएको छ ।  गाउँपालिकाको केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयमै हरेक वडा र तहको मतगणना हुने निर्वाचन आयोगले बताएको छ ।

निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणना १ जेठबाट सुरु गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएको दिन बेलुकासम्म जिल्ला निर्वाचन कार्यालयमा मतमेटिका ल्याई १ जेठबाट गणना सुरु गर्ने आयोगले जनाएको छ । दुर्गम क्षेत्रका मतपेटिका आउन समय लाग्ने भएकाले हेलिकोप्टरमार्फत छिटोभन्दा छिटो ल्याएर गणना गर्ने तयारी भइरहेको छ । जेठ १ बाट मतगणना गर्ने विषयमा अन्य दल सहमत भए पनि एमालेले भने अमान्य हुने जनाएको छ । मतदान सकिएलगत्तैको गणनाले निष्पक्षतामाथि प्रश्न उठ्ने एमालेको तर्क छ ।