पोखरा । लामो समय जापान बसि स्वदेश फर्केर बिनु गिरी २ जनाको टीमले पोखरामा ३ करोड रुपैयाँ लगानीमा ‘सरुमा चुल्हो’ रेस्टुरेन्ट संचालन गरेका छन ।
३ करोड रुपैयाँ लगानीमा पोखराको सभागृह चोकमा वसन्ती बास्तोला र बिनु गिरीले सयुंक्त रुपमा ‘सरुमा चुल्हो’ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन ।
करिब २ महिनादेखि अनौपचारिक रुपमा सुरु भए पनि बुधबारबाट औपचारिक रुपमा सुरुआत गरिएको हो । स्थानीय उत्पादनलाई नै ब्रान्डिङ गरेर परिकार पकाइने छ । स्थानीय दाल, भात, तरकारी, मकै, भटमासजस्ता रैथाने बालीका खानालाई रेस्टुरेन्टको पहिचानसँग जोड्ने उनको अभियान छ ।
अहिलेका ग्राहक कस्मेटिकभन्दा पनि लोकल खाना नै बढी खोज्ने गरेको यसबीचमा हामीले पाएका छौं । ग्राहकको रोजाइअनुसार नै सरुमा चुल्हो बनाउने योजना रहेको संचालकहरुको भनाई छ ।

