काठमाडौं,२४ वैशाख । यहि बैशाख ३१ मा हुन लागेको स्थानीय चुनावमा जिल्लामा निर्वाचन आचार संहिता पालनाको स्थिति निकै राम्रो रहेको निर्वाचन आयोगले बताएको छ । तर, मतदाता शिक्षाको अवस्था भने सन्तोष गर्नलायक मात्रै रहेको आयोगको निष्कर्ष छ ।
निर्वाचन आयोगका आयुक्तहरु आचारसंहिताको सुक्ष्म अनुगमनका लागि अहिले विभिन्न जिल्लामा पुगेका छन् । निर्वाचन आचारसंहिताको सुक्ष्म अनुगमनमा निस्किएका आयोगका आयुक्तहरुले आफूले अनुगमन गरेको क्षेत्रमा आचारसंहिता कार्यान्वयन राम्रो रहेको बताएका हुन् ।
आयुक्त नरेन्द्र दाहालले अहिलेसम्म गम्भिर प्रकारको आचारसंहिता उल्लघन नभएको बताए ।