इटालियन क्लब युभेन्ट्स र रोमा युइएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । दोस्रो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग १–१ गोलको बराबरीमा रोकिएपनि समग्रमा २–१ को जित निकाल्दै युभेन्ट्स अन्तिम चारमा पुग्न सफल भएको हो ।
लिस्वनमा बिहीबार राति भएको खेलमा युभेन्ट्सका एड्रिएन राविओटले गोल गर्दा घरेलु टोली स्पोर्टिङका मार्कस इडवार्डले बराबरी गोल फकाएपनि पहिलो लेगमा हार भोगेका कारण टोली अघिल्लो चरणमा पुग्न पर्याप्त भएन ।
खेलको नवौं मिनेटमा एड्रिएन राविओटको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो । २०औं मिनेटमा मार्कस इडवार्डले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकिदा युभेन्ट्स पहिलो लेगमो जितका कारण सेमिफाइनलमा पुग्न सफल भयो ।
अर्को खेलमा रोमाले डच क्लब फियोनुर्डलाई ४–१ ले तथा समग्रमा ४–२ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो । दोस्रो लेगमा रोमाको फराकिलो जितमा लियोनार्दो स्पिनाजोला, पाउलो डिबाला, स्टेफन अल सरावे र लोरेन्जो पेलिग्रेनीले गोल गरे । फियोनुर्डका इगरले इक गोल फर्काए ।
अर्को खेलमा जर्मन क्लब बायर लिभरकुसनले बेल्जियन क्लब युनियन सेन्ट जिलोइसलाई ४–१ ले तथा समग्रमा ५–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।

