मङ्गलबार, बैशाख ३०, २०८२

एमाले कार्यकर्तालाई झूठा मुद्दामा फसाएर चुनावसम्म थुन्ने षड्यन्त्र

काठमाडौं,२३ बैशाख ।  प्रमुख विपक्षी नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारले एमाले कार्यकर्ताहरुलाई झूठा मुद्दामा फसाएर चुनावसम्म थुन्ने षड्यन्त्र गरेको आरोप लगाउनु भएको छ । सरकारले प्रहरी प्रशासनको दुरुपयोग उनको आरोप छ ।एमाले केन्द्रीय प्रचार बिभागले शनिवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले देशमा अहिले संसदीय सर्वोच्चता लगाएको कुरा उठेको भन्दै नेपालमा संवैधानिक सर्वोच्चता रहेको स्पष्ट पार्नु भयो । प्रधानन्ययाधीश सुशीला कार्काीविरुद्ध संसदमा दर्तँ भएको महाअभियोगलाई सर्वोच्च अदालतले रोकेपछि सर्वोच्चताको कुरा उठेको भन्दै देशमा संवैधानिक सर्वोच्चता कामय रहेको बतानु भयो । महासचिव पोखरलले संविधानको अन्तिम व्याख्याता पनि सर्वोच्च अदालत नै रहेको बताउनु भएको हो ।

एमालेले जेठ ३१ को दोस्रो चरणको निर्वाचन स्वीकार नगर्ने पनि प्रष्ट पारेको छ । पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुरक्षा र निष्पक्षताको दृष्टिबाट एक महिनाको फरकमा दुई चरणको चुनाव सम्भव नहुने बताउनु भयो । ‘हामीले निर्वाचन आयोगलाई पनि भनेका छौं, पहिलो चरणको चुनाव र दोस्रो चरणको चुनावको फरक बढिमा एक साता हुनसक्छ । बरु दुवै चुनाव सारेर जेठ ८, १० गते गर्न सकिन्छ’ पोखरेलले भन्नु, भयो तर पहिलो चरणको चुनाव गरेर मत परिणाम सार्वजनिक गर्ने,बजेट ल्याउने अनि दोस्रो चरणको चुनावमा जाने कुरा कुनै हालतमा मान्य हुँदैन ।’

पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुरक्षा र निष्पक्षताको दृष्टिबाट एक महिनाको फरकमा दुई चरणको चुनाव सम्भव नहुने विचार ब्यक्त गर्नु भयो ।