काठमाडौं,२३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा महाअभियोग, सर्वोच्चको अन्तरिम आदेश लगायतका पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । भेटमा एमाले अध्यक्ष ओलीले महाअभियोग फिर्ता लिन आग्रह गरेका छन् । ‘हाम्रो अध्यक्षले बडो बुझ्ने भाषामा विन्रमतापूर्वक महाअभियोग फिर्ता लिन आग्रह गर्नु भएको छ’ भेटमा सहभागी एमाले महासचिव ईश्वर पोखरेलले भने ।
प्रचण्डलाई सल्लाहकारहरुले गलत सल्लाह दिएको भन्दै ओलीले त्यसमा नफस्न आग्रह गरेका छन् । सत्तारुढ दलहरुबाटै संविधानको धारा १०३ अनुसार न्यायाधीशलाई कारबाही गर्ने चर्चा आएको भन्दै ओलीले प्रचण्डलाई भनेका छन्, ‘त्यतातिर जाने गल्ती नगर्नु होला । नभए फस्दै जानुहुन्छ ।’
जवाफमा प्रधानमन्त्री प्रचण्डले भने आफू सबैसँग छलफलमा रहेको बताएका छन् ।