बिहिबार, असार ०४, २०८३

जापानमा एक घरमा भएको आगलागीमा परि ५ जनाको मृत्यु

टोकियो । उत्तरपूर्वी जापानको आओमोरी प्रिफेक्चरमा बिहीबार बिहान भएको आगलागीमा परि पाँच जनाको मृत्यु भएको छ।

दुईतले घरमा ६८ वर्षीय प्लास्टरर तोशिमी ज्युमोन्जीको परिवारका चारजनासहित पाँच जनाको मृत्यु भएको हो । आगलागी र हत्याको सम्भाव्यताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिहान करिब १ बजे आओमोरी प्रिफेक्चरको रोकुनोहे-चोको इनुगोजमा रहेको तोशिमी जुमोन्जी (६८) को घरमा आगलागी भएको वारुण विभागलाई जानकारी गराइएको थियो ।
करिब ५ घण्टापछि आगो नियन्त्रणमा आए पनि करिब ३ सय ४० वर्ग मिटरको काठको दुईतले घर जलेर नष्ट भएको थियो भने परिसरमा रहेको झुपडी पनि जलेको थियो । घरमा पाँच जना मृत अवस्थामा फेला परेका थिए ।
प्रहरीका अनुसार उक्त घरमा जुमोन्जी दम्पती, उनकी दोस्रो छोरी, तीन नातिनातिना र सासुसहित आठ जनाको चार पुस्ताको परिवार रहेको थियो।
तीमध्ये जुमोन्जी र उनका १३ र १६ वर्षका नातिनातिनाहरू सकुशल भागे र उनकी दोस्रो छोरीको श्रीमान् व्यापारका लागि बाहिर रहेकोले सुरक्षित रहेका छन ।
तर उनको ८८ वर्षीया सासू, ६७ वर्षीया श्रीमती, ३९ वर्षीय दोस्रो छोरी र ९ वर्षीय नातिसहित चार जनासँग सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । साथै भेटिएको शव मध्य एक परिवारको सदस्य नभएको बताइएको छ।
घरमा हिंस्रक रुपमा आगजनी हुने जस्ता घटनास्थलको अवस्थाका आधारमा कसैले आगो लगाएको आशंकामा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट करिब ३ सय ४० वर्ग मिटर क्षेत्रफल रहेको घर, ग्यारेज र भण्डारण पूर्णरुपमा नष्ट भएको छ ।