शुक्रबार, बैशाख ०७, २०८१

बैशाख ३१ आयोगको अनुमति लिएर सवारी साधान प्रयोग गर्न सक्ने

काठमाडौं,२१ वैशाख । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनको दिन बैशाख ३१ गते आयोगको अनुमति लिएर मात्र सवारी साधान प्रयोग गर्न सक्ने निर्णय गरेको छ ।

आयोगले सवारी साधन चलाउनलाई अनुमतिपत्र उपलब्ध गराउने सम्वन्धी कार्यविधि समेत स्वीकृत गरेको छ ।

स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते हुने निर्वाचनमा उम्मेदवार, सुरक्षाकर्मी, राष्ट्रिय पर्यवेक्षक, अनुगमनकर्ता, कुटनीतिक नियोग तथा आयोगबाट आमन्त्रित विशिष्ट पाहुनाले प्रयोग गर्ने सवारी साधानको लागि विशेष पास उपलब्ध गराउने सम्वन्धि कार्यविधि आयोगले स्वीकृत गरेको हो ।आयोगका अनुसार, संयुक्त राष्ट्रसंघका नियोग, राष्ट्रिय सञ्चारमाध्यम, कुटनीतिक नियोगका नियमित कार्यालयको प्रयोजन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार कार्यालय, पर्यटक तथा उड्डयन सम्वन्धी कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, निर्वाचन आयोग तथा जिल्ला निर्वाचन कार्याललाई पनि त्यस दिनको लागि सवारी साधान सञ्चालनको लागि विशेष पास उपलब्ध गराइने छ ।

मतदानको दिन आवागमन व्यवस्थापन गर्न आयोगबाट स्वीकृत कार्ययोजनामा हलुका सवारी साधन वा मोटर साइकल प्रयोग गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर सवारी साधान प्रयोग गर्न पाउने छन् ।