काठमाडौं,२१ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगविरुद्ध नेकपा एमालेसहित ११ दल एक ठाउँमा उभिएका छन् ।
एमाले नेतृत्वको विपक्षी ८ दलीय मोर्चामा भर्खरै सरकारबाट बाहिरिएको राप्रपा, विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम एक ठाउँमा उभिएका हुन् ।
११ दलको बिहीबार बसेको बैठकले महाभियोग फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । ‘हामीले महाअभियोग फिर्ता लिन सरकारलाई आग्रह गरेका छ ।