बिहिबार, असार ०४, २०८३

सन् २०२१ को तुलनामा सन् २०२२ मा जापानको मृत्यु दरमा दोब्बर वृद्धि

जापानमा सन् २०२२ मा एक लाख १३ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

यो सङ्ख्याले कोभिड–१९ का कारण प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मृत्यु दरमा वृद्धि हुन सक्ने सम्भावनालाई जोड दिएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयअन्तर्गतको संस्था नेसनल इन्स्टिच्युट अफ इन्फेक्शियस डिजिज (एनआईआईडी) ले उक्त अनौपचारिक तथ्याङ्क तयार पारेको हो ।

एनआईआईडीका अनुसार सन् २०२२ को एक निश्चित अवधिमा मृत्युको अवलोकन गरिएको सङ्ख्या र सोही अवधिमा मृत्युको अनुमानित सङ्ख्याबीचको भिन्नताको रूपमा परिभाषित गरिएको अतिरिक्त मृत्युको सङ्ख्या ४७ हजार ३३० देखि उक लाख १३ हजार ३९९ को बीचमा थियो । यस्तो सङ्ख्या सन् २०२१ मा एघार हजार ४७५ देखि ५० हजार ४९५ थियो ।

एनआईआईडीका महानिर्देशक तथा स्वास्थ्य मन्त्रालयको सल्लाहकार समितिका अध्यक्ष ताकाजी वाकिताले बुधबार पत्रकारहरूसँग भन्नुभयो, “यस्तो मृत्युमा वृद्धि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको फैलावटसँग जोडिएको हुन सक्छ, जसले गत वर्ष जापानमा कोभिड–१९ सङ्क्रमण र मृत्युको रेकर्ड स्तरलाई बढायो ।

वाकिताले भन्नुभया,े “हामीले श्वासप्रश्वाससम्बन्धी रोग र वृद्धावस्थामा मृत्यु हुनेको सङ्ख्यामा वृद्धि देखेका छौं ।”

उहाँले भन्नुभयो, “यो ओमिक्रन भेरिएन्टको फैलावटबाट प्रभावित भएको हुन सक्छ । हामीले यस विषयमा थप विश्लेषण गर्न आवश्यक छ ।”