बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपति भण्डारीले निर्वाचनमा मतदान नगर्ने

काठमाडौं,२१ वैशाख । राष्ट्रपति विद्या भण्डारीले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने भएकी छन् ।

उनले मतदान केन्द्रमा नै जाने निर्णय लिएकी हुन् । ‘मतदान केन्द्रमा जानु भनेको कुनै दललाई मत दिनु हो,’ प्रेस सल्लाहकार माधव शर्माले अनलाइनखबरसँग भने, ‘राष्ट्रपति संविधानको संरक्षक हो । उहाँले भोट हाल्नु हुन्न ।’

स्थानीय तहको पहिलो चरणको निर्वाचनका क्रममा राष्ट्रपति भण्डारी श्रीलंका जाने तयारीमा छिन् ।

बैशाख २९ गतेदेखि सुरु हुने ५ दिने क्रमणका क्रममा राष्ट्रपति क्यान्डीमा हुने बुद्ध पूर्णिमाको समापनमा मुख्य अतिथीको रुपमा सहभागी हुनेछिन् ।

राष्ट्रपतिको यो भ्रमण कार्यक्रम सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेछ ।