शुक्रबार, बैशाख ०७, २०८१

नारफू गाउँपालिकाको प्रमुखमा मिङमा छिरिङ लामा निर्विरोध

मनाङ,२० वैशाख । मनाङको नारफू गाउँपालिकाको प्रमुखमा मिङमा छिरिङ लामा निर्विरोध निर्वाचित भएका छन् । नारफूको प्रमुखमा नारगाउँका ४३ वर्षीय लामाको मात्र उम्मेदवारी परेको हो ।

यद्यपि प्रक्रिया पुरा गर्न बाँकी रहेको भन्दै जिल्ला निर्वाचन कार्यालय मनाङले औपचारिक रूपमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छैन ।

नारफूमा उपाध्यक्ष बाहेक सबै पदमा एक-एक जनाको मात्र उम्मेदवारी परेको छ । १ देखि ५ वडा सवैमा वडाध्यक्ष निर्विरोध भएका छन् । वडा नं. १ देखि ३ सम्म कांग्रेस र ४ र ५ मा स्वतन्त्रका उम्मेद्वार निर्विरोध भएका हुन् ।

उपप्रमुखमा भने २ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट फूर्पा जोम्पा लामा र स्वतन्त्रबाट कोन्जो तेन्जिङ लामाले उपप्रमुखमा उम्मेदवारी दिएका हुन् ।

नारफू गाउँपालिकामा जम्मा ३ सय ६२ जना मात्र मतदाता छन् ।