बुधबार, जेठ १६, २०८१

जापानमा समता स्कुल खोल्ने बारे टोकियोमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

टोकियो । जापानमा समता स्कुल खोल्ने तयारीका लागि जापानमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार टोकियोमा एक भेला गरि स्कुल खोल्ने सम्भावना र चुनौती वारे जापानवासी नेपाली ब्यवसायीको उपस्थितिमा अन्तरक्रिया सम्पन्न भएको हो ।
नेपालको ७७ जिल्लामा ८० वटा र अन्य देशमा ६ गरी ८६ वटा स्कुल खोली जम्मा मासिक एक सय रूपैयामा अग्रेजी माध्यमबाट एक कलास देखी मास्टर डिग्री सम्म पढाउदै आएका उत्तम संजेल ( शिक्षा सेवक) का टोटल पैसठ्ठी हजार बिधार्थी छन। भने अब जापानमा पनि समता स्कुल खोल्ने तयारीका लागि जापानमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रमको आयोजना NRNA जापान र जापान नेपाल चेम्बर अफ कमर्शले संयुक्त गरेका थिए।
कार्यक्रमको प्रमुख अतिथि राजदूत डा. दुर्गा बहादुर सुवेदी बिशेष अतिथिहरू एनआरएनए आईसिसि उपाध्यक्ष महेश श्रेष्ठ, एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, एभरेष्ट स्कुलका संस्थापक अध्यक्ष भुपालमान श्रेष्ठ ले मन्तब्य राख्नु भएको थियो भने एनआरएनए उपाध्यक्ष संगिता अधिकारी सुवेदीले स्वागत मन्तब्य, कार्यक्रमको सभापतित्व जापान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. बलराम श्रेष्ठ, सन्चालन एनआरएनए जापानका महासचिब सिद्धार्थ श्रेष्ठ को र कार्यक्रमको बिषयमा उत्तम संजेलले केही डकुमेन्टी सहित प्रकाश पार्नु भएको थियो।